Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


सारांश

हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
images

काठमाडौं । हङकङमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) द्वारा आयोजित दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

‘इन्टरनेसनल युथ इन्टरप्रेनर्स समिट आई-एस २०२४’ नामको उक्त सम्मेलन दुई दिन मार्कोपोलो होटलमा भएको थियो।

१५० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनमा हङकङका साथै अस्ट्रेलिया, अमेरिका, जापान, चीन, नेपाल लगायतबाट उद्यमीहरू आएका थिए।

'नेपाली उद्यमीको सशक्तीकरणः नवप्रवर्तन, सहकार्य र सफलता' भन्ने मूल नाराको रहेको सम्मेलनमा दुई दिनका लागि दर्जनभन्दा बढी सत्र राखिएका थिए।

विश्वभर रहेका नेपाली युवा उद्यमीबीच सहकार्य, नवप्रवर्तन र सफलताको उद्देश्य राखेर फिने हङकङले यो सम्मेलनको आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij