Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल


सारांश

ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल
images

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् ।

शुक्रवार भएको निर्वाचनमा प्रतिद्वन्द्वी राजकुमार तिमल्सिनालाई हराएका हुन् । ढकालले ४५ मत पाउँदा तिमल्सिनाले ४३ मत पाएको प्रमुख निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए । 

एसोसिएसनको उपाध्यक्षमा निकेश कुमार अग्रवाल ५३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले ३४ मत पाएका छन् ।  त्यस्तै, महासचिवमा भक्तिराम घिमिरे ४८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द शर्मा गैरेले ३८ मत प्राप्त गरे । 
 
सचिवमा विनय रेग्मीले ५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण गिरीले ३५ मत ल्याएका छन् ।  कोषाध्यक्षमा मदन पौडेल ४६ मतसहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी अनिश अर्याल ४२ मत प्राप्त गरे । 
 
सदस्यहरूमा चारजनामध्ये जेलिना कँडेल ६८ मत, विशाल कुमार अग्रवाल ६४, जयन्त श्रीवास्तव ५५ प्रियान्सु अग्रवालको ४८ मतसहित विजयी भए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij