Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, शुक्रबार धरौटी तिरेर छुट्ने


सारांश

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश,  शुक्रबार धरौटी तिरेर छुट्ने
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् । धरौटी बुझाएसँगै उनी रिहा हुनेछन् ।

उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् ।

नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए ।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार सन्दीपलाई देश छाड्न नपाइने गरी २० लाख धरौटी माग गरिएको छ । सन्दीपलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न शर्त राखिएको र शर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने विषय उल्लेख गरिएको छ ।

सन्दीप पक्राउ पर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij