Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र संघले सेभेन सिजले निर्माण र वितरण गर्ने चलचित्र प्रदर्शन नगर्ने


सारांश

चलचित्र संघले सेभेन सिजले निर्माण र वितरण गर्ने चलचित्र प्रदर्शन नगर्ने
images

काठमाडौं । नेपाल चलचित्र संघले सेभेन सिस सिनेमाले निर्माण र वितरण गरेका चलचित्र पनि प्रदर्शन नगर्ने भएको छ ।

सेभेन सिस सिनेमाले चलचित्र संघको मानमर्दन गर्ने, वितरकसँग रहेको अधिकारभन्दा बाहिर गएर चलचित्र उतार्छु भन्नेजस्ता गैरकानुनी काम गरेकाले यसबारे संघलाई स्पष्ट नपारे सेभेन सिसले निर्माण र वितरण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी छ । 

चलचित्र घरमा प्रदर्शकले चलचित्र वितरक मार्फतमात्र चलचित्र प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको भन्दै संघले सचेत गराएको छ । 

“चलचित्र प्रदर्शकको चलचित्र व्यवसायको सरोकार चलचित्र वितरकसंगमात्र रहन्छ । चलचित्र वितरक चलचित्र प्रदर्शनको आधिकारिक संस्था हो,” संघले विज्ञप्ति जारी गर्दै भनेको छ, “चलचित्र, चलचित्र घरमा प्रदर्शन गर्ने नगर्ने सम्पूर्ण अधिकार चलचित्र वितरकमा निहीत रहन्छ । कानुनतः चलचित्र प्रदर्शकले चलचित्रको व्यवसायिक विषयमा सम्बन्धित चलचित्र वितरकसँगमात्र सरोकार राख्छ ।” 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij