Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता सार्वजनिक


सारांश

‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौता सार्वजनिक
images

काठमाडौं । सरकारले गत साता चीनसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ ।

सम्झौतामा ६ बुँदा छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ । सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ । पाँचौँ बुँदामा वार्ताका लागि पहिचान गरिएका परियोजना राखिएको छ भने छैटौँ बुँदामा सहकार्यका संयन्त्रलाई समेटिएको छ ।

सम्झौतामा बीआरआईअन्तर्गत अगाडि बढाइने परियोजनाको सूचीमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट रोड प्रोजेक्ट, किमाथांका–खाँदबारी रोड र किमाथांका पुल र एकीकृत चेकपोस्ट छन् ।

चीन–नेपाल अन्तरदेशीय रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय विद्युत् प्रसारणलाइन, मदन भण्डारी युर्निभर्सिटी अफ साइन्ट एन्ड टेक्नोलोजी, काठमाडौं साइन्टिफिक सेन्ट एन्ड साइन्स म्युजियम, चीन–नेपाल फेन्डसिप इन्डस्ट्रियल पार्क र झापा स्पोर्टस एन्ड एथलेटिक्स कम्लेक्सलाई बीआरआई अन्तर्गत अघि बढाउने सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij