सारांश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाले सर्वसम्मत रूपमा विधान संशोधन गरेको छ ।
महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई वर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संशोधनअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारणसभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ ।
महिला उपाध्यक्ष अनिवार्य रहने व्यवस्था पनि गरिएको छ ।