Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

पेट्रोलको मूल्य बढ्यो


सारांश

पेट्रोलको मूल्य बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हाे । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij