Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘एक्टर’को ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक


सारांश

‘एक्टर’को ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक
images

काठमाडौं । चलचित्र ‘एक्टर’ को प्रदर्शन मिति नजिकिँदै गर्दा ‘चिरी च्याट्ट बरिलै’ गीत सार्वजनिक गरिएको छ ।

रोमान्टिक शैलीको गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट् थापाको सङ्गीत छ । गीत चलचित्रका कलाकार प्रिन्स थापा र कविता नेपालीमाथि फिचर्ड गरिएको छ । 
 
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण चलचित्रका निर्माता मनोहरि थापा हुन् ।
 
चलचित्रमा प्रिन्स र कविताको अलावा शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिवु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
सम्राट् थापाको कथा तथा सङ्गीत रहेको चलचित्रको निर्देशन मदन घिमिरेले गरेका हुन् ।
 
‘एक्टर’ ४ माघबाट प्रदर्शन हुँदैछ।
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij