Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति


सारांश

बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति
images

काठमाडौं । नेपाल बैंकर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

संघको बुधबार आयोजित ३८औं वार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । संघ उपाध्यक्षमा ग्लोबल आईएमई बैंक सीईओ सुरेन्द्रराज रेग्मी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा प्रभु बैंक सीईओ अशोक शेरचन, सानिमा बैंक सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंक सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंक सीईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंक सीईओ रामचन्द्र खनाल, एभरेस्ट बैंक सीईओ सुदेश खालिङ र नेपाल बैंक सीईओ तिलकराज पाण्डेय चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij