सारांश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायर खेल हुँदैछ । फाइनल प्रवेशका लागि जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । लिग चरणमा शीर्ष २ मा परेकाले उसले फाइनलमा पुग्न दोस्रो अवसर पाएको हो ।
कर्णालीले भने एलिमिनेटरको खेलमा चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
आजको विजेताले शनिबार सुदूरपश्चिमविरुद्ध उपाधि भिडन्त गर्नेछ । आज जनकपुर र कर्णाली दुवै टोलीका लागि फाइनल पुग्नका लागि अन्तिम अवसर हो ।