सारांश
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।
एआईको दुरूपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरिएपछि उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्।
२१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उनले उजुरी दिएको शनिबार बेलुका सामाजिक सञ्जालमा जानकारी दिएकी छन्।