Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गोल्डेन नेपाली फिल्म अवार्ड-०२४ : अनमोल र आँचल उत्कृष्ट


सारांश

गोल्डेन नेपाली फिल्म अवार्ड-०२४ : अनमोल र आँचल उत्कृष्ट
images

काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा प्रथम ‘गोल्डेन नेपाली फिल्म अवार्ड– ०२४’ सम्पन्न भएको छ ।

०८० साउन १ देखि २०८१ साल असार मसान्तभित्र रिलिज भएका र आयोजकलाई उपलब्ध गराइएका चलचित्रको प्रतिस्पर्धाबाट उत्कृष्ट चयन गरिएको बताइएको छ ।

अवार्डमा सहभागी हुन नेपालबाट नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, सुनिल थापा, अनमोल केसी, केकी अधिकारी, आँचल शर्मा, केदार घिमीरे, जितु नेपाल, नीति शाह, वर्षा सिवाकोटी लगायतका कलाकार अमेरिका गएका थिए ।471136013_10234964738720374_5870355750375459320_n.jpgअवार्डको जुरीमा शिव श्रेष्ठ, सुनिल थापा, दीपाश्री निरौला, गौरीशङ्कर धूजु श्रेष्ठ, सुनिल कटुवाल र लक्ष्मण सुवेदी थिए ।

अवार्डका प्रमुख आयोजक समाजसेवी, पूर्वखेलाडी एवं नेपाली चलचित्रलाई अति नै माया गर्ने सफल व्यवसायी यज्ञ श्रेष्ठ हुन् । हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको प्रमुख आयोजनामा अवार्ड सम्पन्न भएको हो ।

468406468_8962077320522461_1664326739624124149_n.jpg
यज्ञ श्रेष्ठ

कस्ले के अवार्ड पाए ?

लाइफ टाइम एचिभ्मेन्ट – शिव श्रेष्ठ

सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी (फर्की फर्की)

सर्वोत्कृष्ट अभिनेत्री– आँचल शर्मा (डिग्री माइला)

पपुलर अभिनेता : प्रदीप खड्का

पपुलर अभिनेत्री : केकी अघिकारी

सर्वोत्कृष्ट फिल्म : पुजार सार्की

सर्वोत्कृष्ट निर्देशक : दिनेश राउत

सर्वोत्कृष्ट लेखन : दीपेन्द्र लामा (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट छायांकन : आलोक शुक्ला (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट सम्पादन : मित्र गुरुङ (उपहार)

सर्वोत्कृष्ट सहअभिनेता : प्रमोद अग्रहरी (अगस्त्य)

सर्वोत्कृष्ट सहअभिनेत्री : वर्षा शिवाकोटी (परदेशी २)

सर्वोत्कृष्ट संगीतकार : प्रकाश सपुत (बोक्सीको घर)

सर्वोत्कृष्ट गायक : एसडि योगी (नाङ्गो गाउँ)

सर्वोत्कृष्ट गायिका : समीक्षा अधिकारी (बोक्सीको घर)

जुरी अवार्ड : बोक्सीको घर

कृटिक्स अवार्ड : गाउँ आएको बाटो

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij