Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एनपिएलमा टिकट बिक्रीबाट उठ्यो चार करोड


सारांश

एनपिएलमा टिकट बिक्रीबाट उठ्यो चार करोड
images

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणमा टिकट बिक्रीबाट झण्डै चार करोड रूपैयाँ संकलन भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि मैदानमा १८ दिनमा भएका ३२ खेलमा १ लाख ३५ हजार बढी दर्शकले मैदानमा गएर एनपिएल हेरेको अनुमान गरेको छ। 

एनपिएल औषत एकदिन ७ हजार पाँच सय जनाले कीर्तिपुरस्थित त्रिवि मैदानमै गएर क्रिकेट हेरेका थिए। 

टिकट बिक्रीबाट उठेको आधा रकम क्यानले राख्नेछ भने आधा रकम फ्रेञ्चाइज क्रिकेट टोलीहरूलाई बाडिनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij