सारांश
काठमाडौं । अमेरिकालाई कर्मथलो बनाए पनि नेपाली चलचित्र र गीत-संगीतको विकास र बिस्तारमा निरन्तर क्रियाशील रहेका निर्देशक सुमन दाहालद्वारा निर्देशित म्युजिक भिडिओ ‘अस्ति भन्दा’ सार्वजनिक भएको छ l
भिडिओमा कलिलो उमेरदेखि नै म्युजिक भिडिओ तथा चलचित्रमा अभिनय गरेर चर्चामा रहेका कलाकार सम्राट दाहालले अभिनय गरेका छन् l सम्राटको अभिनयलाई दर्शकले मन पराएको र रुचाएको प्रतिक्रिया आईरहेको सम्राट क्रिएशनले जनाएको छ।
आम गीत भन्दा फरक र अनौठो विषयवस्तुमा निर्देशक सुमन स्वयंले लेखेको यस गीतमा एउटा बालक वयस्क हुँदै जाँदा आफूमा परिवर्तन भैरहेको शारीरिक र मानसिक परिवर्तनलाई उसले कसरी मससुस गर्छ भन्ने मनोविज्ञानलाई उजागर गरिएको छ l
निर्देशक /गीतकार सुमन र भिडिओका मोडल सम्राट बाबुछोरा हुन् भने बाल अवस्थाबाट युवा अवस्थामा पुग्दैगरेको आफ्नै छोराको अस्ति भन्दा हिजो र हिजो भन्दा आज भईरहेको शारीरिक र मानसिक परिवर्तनलाई सुमनले सुन्दर ढङ्गमा शव्दमा कुँदेका छन् l
गीतमा दीपक शर्माको संगीत र नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वर रहेको छ l गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l