Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

निर्देशक समाजले संचालनमा ल्यायो ‘हेल्प डेस्क’


सारांश

निर्देशक समाजले संचालनमा ल्यायो ‘हेल्प डेस्क’
images

काठमाडौं । नेपाल निर्देशक समाजले हेल्प डेस्क संचालन गरेको छ ।

चलचित्र निर्माण तथा प्रदर्शनको क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि निर्देशक समाजले ‘हेल्प डेस्क’ संचालनमा ल्याएको हो । 

नयाँ निर्माता तथा निर्देशकले चलचित्र निर्माणको क्रममा धेरै कुरा थाहा नपाएको र काम गर्दै जाँदा धेरै समस्या आउने गरेको गुनासो आएकाले निर्देशक समाजले नयाँ चलचित्र निर्माता, निर्देशकका लागि आवश्यक परामर्श तथा सेवाका ‘हेल्प डेस्क’ संचालनमा ल्याएको समाजका अध्यक्ष जनकदीप पराजुलीले बताएका छन् ।

विदाको दिनबाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर निःशुल्क चलचित्र निर्माण परामर्श तथा सेवा लिन सकिने विज्ञप्ति जारी गर्दै समाजले जनाएको छ ।

6061eaa9-dbec-4627-8a46-5d58a8193ac0.jpg
 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij