Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

वाइडबडी घोटाला : ५५ मिलियन डलर जरिवाना


सारांश

वाइडबडी घोटाला :  ५५ मिलियन डलर जरिवाना
images

काठमाडौं । वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना गरिएको छ ।

अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एयरलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो ।”

घुस दिएपछि कम्पनीले २४ मिलियन अमेरिकी डलरबराबरको व्यापार प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको जनाइएको छ ।

दुई वाइडबडी विमान ए३३०–२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij