Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

निश्चित योग्यता पुगेकाले मात्र हिमाल आरोहण गर्न पाउनुपर्छ : मन्त्री पाण्डे


सारांश

निश्चित योग्यता पुगेकाले मात्र हिमाल आरोहण गर्न पाउनुपर्छ : मन्त्री पाण्डे
images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी–कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्ने दिशामा रहेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति सरकारले बनाएको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिएको उनको स्वीकारोक्ति छ । “...सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरू भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन, हुन बाँकी छन्,” उनले भने ।

उनले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले यस्तो व्यवस्था गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।

“एउटा निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रबन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरू ठूलो जोखिमको स्थिति रहन्न,” उनले भने, “त्यो कुरामा हामीले ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij