Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘नरसिंहाः अवतार’ चैत २९ मा रिलिज हुने


सारांश

‘नरसिंहाः अवतार’ चैत २९ मा  रिलिज हुने
images

काठमाडौं । राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुने भएको छ ।

दिवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको ‘नरसिंहाः अवतार’मा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायत कलाकारको अभिनय रहनेछ । 

क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेको लगानी रहेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij