सारांश
काठमाडौं । कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने भएका छन् ।
धीरज मगर र मिरुना मगरको शीर्ष भूमिका रहने चलचित्रको टिजर पोस्टर समेत सार्वजनिक गरिएको छ ।
अनिल योञ्जनले लेखन तथा निर्देशन गर्ने चलचित्रमा युवायुवतीको प्रेम सम्बन्धलाई दर्शाइने छ ।
‘कुस्ती’ को छायांकन फागुनदेखि हुने जनाइएको छ ।