Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘मायावी’को रोमान्टिक गीत ‘त्यो माया हो...’ सार्वजनिक


सारांश

‘मायावी’को रोमान्टिक गीत ‘त्यो माया हो...’ सार्वजनिक
images

काठमाडौं । फागुनको १४ गतेबाट रिलिज हुने चलचित्र ‘मायावी’को ‘त्यो माया हो...’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।

गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर छ । राम अविरल विष्टको शब्द छ भने एसडी योगीकै संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाइँको प्रेम देखिन्छ । 

भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । राजुविक्रम थापाको चलचित्रमा छायांकन छ भने मिलन श्रेष्ठ सम्पादक हुन् ।

दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन रहेको चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij