सारांश
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले ५० मिलियन अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो ।
यसअघि ५० करोड डलर दिएको अमेरिकाले थप पाँच करोड डलर दिएको हो । यसमा नेपालले १९.७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण हुनेछ ।
नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ ।