Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मगरकी छोरी- अस्मितालाई क्या राम्री भन्दै बि.आर. मित्र


सारांश

मगरकी छोरी- अस्मितालाई क्या राम्री भन्दै बि.आर. मित्र
images

काठमाडौं । नेपाल गजुरियो कराँते महासंघका प्रमुख प्रशिक्षक बलराम मित्र (बि.आर. मित्र) ले आफ्नो अभिनय यात्रालाई पुन: सशक्त ढङ्गबाट अगाडि बढाएका छन् ।

चर्चित संगीतकार वसन्त सापकोटाको संगीतमा प्रह्लाद तिमल्सिना र संगीता मगरको स्वर तथा मिनबहादुर थापाको शब्द-रचना रहेको "मगरकी छोरी..." बोलको गीतको म्यूजिक भिडियो मार्फत मित्र अभिनयमा फर्किएका हुन् ।

472137333_416210718148475_7211239098141063712_n.jpg
मित्रले यसअघि रामकृष्ण ढकाल, प्रमोद खरेल लगायतका कलाकारको आवाज भएका गीतमा अभिनय गरिसकेका छन् भने उनले "हिम्मत", "सुन्दर मेरो नाम" लगायतका चलचित्रमा गीत समेत लेखेका छन् ।
 
471736464_933511192263805_5744613666297451381_n.jpg
अहिले ठूलो पर्दाका चलचित्र र म्यूजिक भिडियोमा एकदमै व्यस्त मानिने चलेका नृत्य निर्देशक सुरेश पाण्डेले यो भिडियो निर्देशन गरेका छन् ।

आज (सोमबार) छायांकन हुँदै गरेको यो भिडियोमा मित्र र अस्मिता राना फिचर्ड छन् ।

472131025_805618948378752_3302422443144648352_n.jpg

निर्देशक पाण्डे भन्छन्- " अस्मिता त नृत्यमा पोख्त नै रहिछन् । मित्र गुरुलाई नचाउन गाह्रो होला कि भनेको उहाँले पनि प्रोफेसनल आर्टिष्टले झैं स्टेप टिप्नु हुँदोरैछ। त्यसैले काम गर्न मजा आयो।"

472371532_28240224165624645_6489110601473048090_n.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij