सारांश
काठमाडौं । हुन्डाईको नयाँ विद्युतीय सवारी (ईभी)का रूपमा हुन्डाई क्रेटा ईभी एसयूभी सार्वजनिक हुँदैछ ।
भारतमै बनेको हुन्डाईको पहिलो ईभी एसयूभी क्रेटा ‘भारत मोबिलिटी ग्लोबल एक्सपो, २०२५’ मा सार्वजनिक हुन लागेको हो ।
जनवरी १७ सार्वजनिक हुने क्रेटा ईभीको मूल्य भारतीय बजारमा १७ देखि २६ लाख भारतीय रुपैयाँको बीचमा हुने अनुमान गरिएको छ ।
जनवरी १७ देखि २२ सम्म भारत मोबिलिटी ग्लोबल एक्सपो चल्दैछ । भारतमा सार्वजनिक भएपछि गाडी नेपाली बजारमा पनि भित्रिने भएको छ ।