Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

स्काईवाक टावरको प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेय


सारांश

स्काईवाक टावरको प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेय
images
काठमाडौं । वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा सफल युवा उद्यमी विष्णुहरि पाण्डेय चयन भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले पाण्डेयलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो ।
 
नवनियुक्त प्रबन्ध सञ्चालक पाण्डेयले विदेश मामिला, शिक्षा तथा बैंकिङ क्षेत्रलगायत संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् ।
 
उनले वोन्डर्स नेपालमा प्रबन्ध सञ्चालकको जिम्मेवारी बहन गरेपछि स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिनेगरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र अब शीघ्र सञ्चालनमा आउने सिटी बन्जी जम्प, डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने बताए ।

साथै स्काईवाक टावरलाई काठमाडौंको मुख्य पर्यटकीयस्थलको रूपमा विकास गर्न पर्यटनसँग सराेकार राख्ने संघसंस्थासँग मिलेर काम गर्ने उनले बताए ।
 
एभरेष्ट, कोलम्बस, प्रिमियर लगायतका कलेजको अध्यक्ष रहेका पाण्डेय इक्यानका पूर्व अध्यक्ष समेत हुन् । शैक्षिक परामर्शको क्षेत्रमा अतुलनीय योगदान गरेका उनको नयाँ बानेश्वरमा रोयल एडुकेशन कन्सल्टेन्सी संचालनमा छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij