सारांश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताए ।