सारांश
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ ।
समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफको घरमा प्रवेश गरेर घरेलु कामदारसँग झगडा गरेको जनाएको छ । त्यसपछि सैफले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेको उल्लेख छ ।
गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए।
सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्याइएको थियो।
अस्पतालका सिओओ डा.निरज उत्तमानीले सैफको जिउमा ६ वटा चोट रहेको बताएका छन्।