सारांश
एजेन्सी । जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ ।
साथै, १० लाख रुपैयाँ जरिवाना तोकेको बीबीसीले जनाएको छ । सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ ।