सारांश
काठमाडौं । ऋषि लामिछानेले निर्देशन गर्ने चलचित्र ‘माग्ने राजा’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् ।
सामिप्य राज तिमिल्सनाको पटकथा सम्बादमा रहने चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, शिशिर बाङ्देल, पवित्रा साँखी लगायत अनुबन्धित भइसकेका छन् ।
यो चलचित्र कलाकार, निर्माता एवं हाल दाङको घोराही उपमहानगरपालिका–४ को वडाध्यक्ष मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् ।