Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ग्वार्कोमा फ्लाइओभर वैशाखमा सञ्चालनमा आउने


सारांश

ग्वार्कोमा फ्लाइओभर वैशाखमा सञ्चालनमा आउने
images

काठमाडौं ।  ग्वार्को फ्लाइओभरको निर्माण कार्य चैत मसान्तभित्र सम्पन्न हुने र २०८२ वैशाखसम्म सञ्चालनमा आउने भएको छ ।

म्याद नाघेको एक महिना बितिसक्दासम्म पनि ८१ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको र अझै १९ प्रतिशत निर्माण कार्य बाँकी रहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

२०८१ पुस ८ गतेसम्म निर्माण सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले चैत मसान्तसम्मका लागि  म्याद थप गर्न माग गरेको निर्देशक झा बताउँछन् । तर म्याद थप नगरी निर्माण कम्पनीलाई हर्जाना तिराइएको उनको भनाइ छ । 
 

केन्द्रका अनुसार ग्वार्को फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८.०१ रुपैयाँ कुल लागतमा आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का सम्झौता गरेको थियो । २०७८ फागुन १२ गते सुरु भएको ठेक्का सम्झौताअनुसार २०८० फागुन ११ (२ वर्ष) को अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गतेसम्म म्याद थप गरिएको थियो । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij