Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लगनको महिनामा आयो ‘मायावी’को मर्मस्पर्शी बिहेको गीत !


सारांश

लगनको महिनामा आयो ‘मायावी’को मर्मस्पर्शी बिहेको गीत !
images

काठमाडौं । लगनको महिनामा चलचित्र ‘मायावी’ मा समावेश ‘सितारा जडेको’ बोलको मर्मस्पर्शी बिहेको गीत सार्वजनिक भएको छ ।


यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बासकोटाको संगीत, दयाराम पाण्डेय र दिवाकर भट्टराइको शब्द छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । 

बिहेको विदाइको पललाई भावुकताका साथ वर्णन गरेको यो गीतको अडियो कर्णप्रिय छ ।


Capture.JPG
 फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको  यो चलचित्रमा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । 

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो चलचित्रमा नेम महर्जनको पनि लगानी छ । 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij