सारांश
काठमाडौं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रू (छेडिएको) भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रू भएको हो ।
ओलीले थानकोट–नागढुंगा सुरुङमार्ग ब्रेक थ्रू भएको र नेपाल सुरुङ युगमा प्रवेश गरिसकेकाले अब त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य हुने बताए । उनले सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको पनि बताए ।
“सुरुङमार्ग ब्रेक थ्रू हुनु सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनु छ,” प्रधानमन्त्री ओलीले भने।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।