Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

संगीत उद्योग संघको ‘अमिन अवार्ड’ चौथो संस्करण घोषणा


सारांश

संगीत उद्योग संघको ‘अमिन अवार्ड’ चौथो संस्करण घोषणा
images

काठमाडौं । नेपाल संगीत उद्योग संघले चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।

संघले पत्रकार सम्मेलनको आयोजना गरी ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’ को आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुर्यबहादुर मगरले २० विधामा ३० श्रेणीका अवार्ड वितरण गरिने जानकारी दिए । अध्यक्ष मगरका अनुसार उक्त अवार्डका लागि बिहीबारबाटै फारम खुला गरिएको छ । अवार्डमा भाग लिनका लागि डिजिटल प्रविधिको विकास गरिएकोले क्यूआर स्क्यान गरेर फारम भर्न सकिने उनले बताए ।

संघले अवार्ड कार्यक्रम आयोजना गर्दा सल्लाहकारहरुको समूह बनाइएको र त्यस समूहको छनोट र सिफारिसमा विभिन्न वरिष्ठ गायक गायिका तथा बरिष्ठ पत्रकारहरुलाई सम्मानित गर्ने गरिएको जानकारी पनि अध्यक्ष मगरले दिए । 

उनका अनुसार केही समय भित्रै उत्कृष्ट पाँच मनोनयनको सूची सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र बैशाखको पहिलो हप्ता अवार्ड कार्यक्रम आयोजना गर्ने तयारीमा संघ रहेको छ । 

कार्यक्रममा दिईएको जानकारी अनुसार अवार्डका लागि आधुनिक गीत, चलचित्र गीत, पप गीत, लोकदोहोरी गीत, काँठे गीत, लोकगीत, लोकपप गीत, पूर्वेली गीत, राष्ट्रिय भावको गीत, भाषिक गीत (मगर, तामाङ, गुरुङ, लिम्बू, नेवारी, राई, थारु, याख्खा, मैथली, देउडा र भोजपुरी), अन्य गीतको विधा अन्तर्गत काँठे, घाटु, टप्पा, कौडा, सोरठी, संगिनी, मारुनी, हुर्रा, थालीनाच र पञ्चेबाजा साथै शव्द, सङ्गीत, गायक, गायिका, नव गायक, नव गायिका, मोडल पुरुष, मोडल महिला, मोडल पुरुष (नव), मोडल महिला (नव), एरेन्जर, रेकर्डिष्ट, भिडिओ निर्देशक, कोरियोग्राफर, भिडिओ सम्पादक, ध्वनि सम्पादक, छायाकार, मेकअप आर्टिष्ट, कष्टुम डिजाइनर र म्युजिक कम्पनी विधामा प्रतिस्पर्धाको लागि सङ्घले उपलव्ध गराएको फारम भरेर आवेदन दिन सकिने छ l

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij