सारांश
काठमाडौं । चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ का निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।
‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपि अधिकार हननको दाबी सहित जिल्ला अदालत, काठमाडौँमा दर्ता गरेको रिटमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ ।
‘एक्टर : टेक वान’ माघ १६ गते रिलिज हुने तय छ ।
‘एक्टर’’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।
‘एक्टर : टेक वान’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।
दुबै पक्षलाई छलफलका लागि १५ गते अदालतमा बोलाइएको छ ।