सारांश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका काम माघ १९ देखि दुईघण्टा घट्ने भएको छ ।
कात्तिक २३ गतेदेखि सुरू भएको स्तरोन्नतिका काम करिब तीन महिनापछि ८ घण्टामा झर्ने भएको हो । कामसँगै कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द छ ।
माघ १९ देखि राति ११ देखि बिहान ७ बजेसम्म मात्रै बन्द हुनेछ । दुई घण्टा समय घटाए पनि स्तरोन्नतिका काम समयमै सकिने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जनाए ।
कात्तिक २३ देखि १० घण्टा विमानस्थल बन्द हुँदा त्यसले डामेस्टिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत काम भइरहेको छ ।