Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सुदूरपश्चिममा सभामुखको निर्वाचन भोलि


सारांश

सुदूरपश्चिममा सभामुखको निर्वाचन भोलि
images

काठमाडौं । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक स्थगित गरिएको हो ।

आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । भोलि १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ ।

संविधानको धारा १८२ को उपधारा -१) अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिंदैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij