Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश


सारांश

‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश
images

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ तत्काल हलमा प्रदर्शन नगर्न काठमाडौं जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार काठमाडौं अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले यही माघ २२ गतेसम्म उक्त चलचित्रको प्रदर्शन स्थगन गर्न आदेश जारी गरेको हो ।

माघ २२ गते दुवै पक्षलाई अदालतमा बोलाइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

गएको शुक्रबार चलचित्र ‘एक्टर’ निर्माणपक्षले प्रतिलिपि अधिकार ऐनअन्तर्गत चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै ‘एक्टर : टेक वान’विरुद्ध मुद्दा दर्ता गरिएको थियो । 

‘एक्टर : टेक वान’ बुधबार (माघ १६) रिलिज हुने तय थियो । 

 ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो । ‘एक्टर : टेक वान’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

afdgfadmg-1738061559.jpg

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij