सारांश
काठमाडौं । मन्त्रालय बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बसेकोछ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बताइएको छ।
बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन्। सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन्।
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।
यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।