Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


सारांश

हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
images

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् ।

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका हुन् ।

हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij