Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अब यूएईको नेपाली दुतावासबाटै श्रम स्वीकृति


सारांश

अब यूएईको नेपाली दुतावासबाटै श्रम स्वीकृति
images

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाटै श्रम स्वीकृति सेवा सुरु गरिने छ ।  बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिह भण्डारीले उक्त सेवाको सुरु गरे ।  

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार मन्त्री भण्डारीले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए ।  

476314077_1305692150740891_2151183777020670433_n.jpg

उनले सम्बन्धित दूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए । 

यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने विश्वास व्यक्त गरे ।

476642227_642970175085107_5817740322931613775_n.jpgदूतावासका अनुसार, यो सेवा विशेष गरी पुन: श्रम स्वीकृति का लागि उपयोगी हुनेछ। वैदेशिक रोजगार विभागले यसअघि नै अनलाइनमा पुन: श्रम स्वीकृति सेवा प्रदान गर्दै आए पनि बिदेशमा रहेका कामदारलाई त्यो प्रकृया सहज थिएन ।

पहिलो पटक बिदेश गएका, बायोम्याट्रिक नगरेका तथा भिजिट भिसामा गएर श्रम स्विक्रिती नलीई काम गरिरहेका श्रमिकलाई बैधानिकीकरण गर्न दुतावासबाट प्रदान गर्न लागेको श्रम स्वीकृति सेवाले मद्दत गर्ने आम श्रमिकको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij