सारांश
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।
३ फागुनको मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ ।
नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको छ ।