सारांश
एजेन्सी । रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् ।
उनले बिहीबार मुख्यमन्त्रीको शपथ लिएकी हुन् । बुधबार उनी भारतीय जनता पार्टीको विधायक दलको नेतामा निर्वाचित भएकी थिइन् ।
रेखा दिल्लीकी चौथो महिला मुख्यमन्त्री हुन् । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालेका थिए।
भर्खरै सम्पन्न विधानसभा चुनावमा उनले शालिमार वागबाट आम आदमी पार्टीकी बन्दना कुमारीलाई करिब ३० हजार मतले पराजित गरेकी थिइन् ।
चुनावपछि दिल्लीको मुख्यमन्त्री पदका लागि प्रवेश बर्मा, विजेन्द्र गुप्ता, अजय महावर र रेखा गुप्तालगायत पार्टीका केही वरिष्ठ नेताहरूको नाम दौडमा थियो। अन्ततः रेखा गुप्ताले यो दौड जितिन् ।