Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रधानमन्त्री कप महिला टी-२० : एपिएफ सुदूरपश्चिमसँग स्तब्ध


सारांश

प्रधानमन्त्री कप महिला टी-२० : एपिएफ सुदूरपश्चिमसँग स्तब्ध
images

काठमाडौं / उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमसँग चार विकेटले स्तब्ध भएको छ । योसँगै समूह ए बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।

 ९१ रनको लक्ष्य पाएको सुदूरपश्चिमले इनिङ्सको ४ बल बाँकी छँदा ६ विकेट गुमाएर इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगितामा समूहको आफ्नो अन्तिम खेल जितेर विजेता बनेको हो ।

समूह ए मा उपविजेता बनेको एपीएफले माघ ६ गते हुने सेमिफाइनलमा समूह बी को विजेता प्रदेश १ सँग खेल्ने निश्चित भएको छ । समूह ए को विजेता सुदूरपश्चिमले भने समूह बीमा रहेका लुम्बिनी र मधेश प्रदेशबीच बुधबार हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij