सारांश
एजेन्सी । अमेरिका र युक्रेनबीच खनिजसम्बन्धी सम्झौता गर्नका लागि सुरु भएको वार्ता दुई देशका राष्ट्रपतिबीच भनाभन भएपछि रोकिएको छ ।
युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्की वार्तामा बसेका थिए । तर दुई राष्ट्रपतिबीच चर्काचर्की भएपछि ह्वाइट हाउसबाट जेलेन्स्की बाहिरिएका र वार्ता असफल भएको रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार वार्ताका क्रममा चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको‘ उल्लेख गरेका छन् ।