Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

दीपक र माण्डवीले गाए वर्ल्ड युथ फेस्टिबलको ‘थिम सङ’


सारांश

दीपक र माण्डवीले गाए वर्ल्ड युथ फेस्टिबलको ‘थिम सङ’
images

काठमाडौं । ‘हामीले नगरे कसले गर्ने
अहिले नगरे कहिले गर्ने 
आउनुहोस् भेला हौँ, छलफल गरौँ, हामी जाऔँ धुलिखेल’
 

वर्ल्ड युथ फेस्टिबल २०२५ नेपालको ‘थिम सङ’ रेकर्ड भएको छ । काठमाडौंको सामाखुसीस्थित एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो ।

दयाराम पाण्डेको शब्द रचना, सुरेश अधिकारीको संगीत र विपिन आचार्यको संगीत संयोजन रहेको उक्त गीतमा प्रथम नेपाली तारा दीपक लिम्बु र माण्डवी त्रिपाठीको स्वर रहेको छ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा आगामी चैत १४ देखि १८ सम्म धुलिखेलमा आयोजना हुने फेस्टिबलको प्रचार प्रसारको उद्देश्यले गीत रेकर्ड गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij