Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओको आवेदन खुला


सारांश

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओको आवेदन खुला
images

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गरेको छ । 

कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त अवधिमा मागअनुसार आवेदन नपरे चैत १२ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ । 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij