Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सभामुख उम्मेदवारी : गठबन्धनका तर्फबाट देवराज, कांग्रेसबाट ईश्वरी


सारांश

सभामुख उम्मेदवारी : गठबन्धनका तर्फबाट  देवराज, कांग्रेसबाट  ईश्वरी
images

काठमाडौं ।  नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका छन्।

उनका प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका सांसद हितराज पाण्डे छन्।

बिहीबार हुने मतदानका लागि घिमिरे सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

नेपाली कांग्रेस संसदीय कार्यसमितिले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुख पदको उमेदवार बनाउने निर्णय गरेको छ ।यो निर्णय संसदीय दलबाट अनुमोदन भएपछि कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij