Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

इनासले अमेरिकामा राष्ट्रिय सम्मान २०२५ को आयोजना गर्ने


सारांश

इनासले अमेरिकामा राष्ट्रिय सम्मान २०२५ को आयोजना गर्ने
images

काठमाडौं । इनास अमेरिकाले "इनास राष्ट्रिय सम्मान २०२५" को आयोजना गर्ने भएको छ ।

नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, सामाजिक सेवा लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान गर्दै नेपाल नेपालीका विभिन्न भाषा, संस्कृति र विविधता झल्किने सांगितिक र सांस्कृतिक प्रस्तुतिहरु सहित "ईनास राष्ट्रिय सम्मान २०२५" को आयोजना गर्न लागिएको हो।

सम्मान कार्यक्रम आगामी जुन २१ तारिख शनिवार मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टी अवस्थित ''रमादा विन्डहम' RAMADA BY WYNDHAM ( 1700 Van Bibber Rd Edgewood, MD मा गरिने भएको छ ।

 मेरिल्याण्डमा हुने कार्यक्रम विभिन्न क्षेत्रमा विशिष्ट योगदाने ब्यक्तित्वहरुलाई विशेष सम्मान र नव प्रतिभाहरुलाई प्रोत्साहनस्वरूप यो कार्यक्रम हुन लागेको कुरा इनास अमेरिकाका अध्यक्ष राहुल के.सी ले बताए ।

449467463_3797840480445418_7505473808258362062_n.jpg
 राहुल के.सी- अध्यक्ष, इनास अमेरिका

कार्यक्रममा अमेरिका लगायत विश्वभरी छरिएर रहेका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका विशिष्ठ कलाकारहरु, खेलाडीहरुको साथमा विभिन्न निकाय र संघसस्थाहरुको प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहने बताईएको छ ।

इनासले विश्वभर रहेका इनासका शाखाहरु मार्फत विशेषगरी विदेशमा जन्मिएका र हुर्कदै गरेका नयाँ पुस्ताहरुलाई नेपाली भाषा, संस्कृति र परम्परा सिकाउदै नेपाली चाडपर्व जस्तै दशै, तिहार, तीज, होली, नयाबर्ष लगायतमा बहु- सांस्कृतिक कार्यक्रम, विविध भाषा साहित्य र खेलकूद सम्बन्धी कार्यक्रमहरु, विदेशमा नेपाली चलचित्रहरुको प्रबर्द्धन तथा चलचित्र महोत्सव, अवार्ड, श्रष्टा सम्मान र बालप्रतिभा जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

२६ आगष्ट सन २०१२ मा युरोपको पोल्याण्डबाट शुरु भएको ईनास विश्वब्यापी रुपमा बिस्तार हुँदै अमेरिकामा २०१४ मा भर्जिनियाबाट विधिवत रुपमा दर्ता भइ इनास अमेरिका राष्ट्रिय समिति अन्तर्गत हाल मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायत अमेरिकाको विभिन्न राज्य समितिहरुमा बिस्तारित भइ नेपाली भाषा, कला, संस्कृति र विविध क्षेत्रहरुको प्रबर्द्धन र सम्बर्द्धनमा क्रियाशील छ।

484800745_1086738176552934_6941533440293888453_n (1).jpg

अग्रजलाई सम्मान र नवप्रतिभा बालबालिकाहरुलाई प्रोत्साहन” गर्ने उद्देश्यले हुन गैरहेको इनासको यो कार्यक्रम सन २०२२ बाट शुरु गरिएको र प्रत्येक दुईवर्षमा हुने विशेष सम्मान कार्यक्रमको दोश्रो संस्करण हो।

कार्यक्रमलाई भव्य र सफल बनाउन स्थानीय व्यबस्थापनको जिम्मेवारी ईनास मेरिल्याण्डले लिएको छ, जसमा अन्य राज्य समितिहरुको पनि साथ र सहभागिता रहनेछ । साथै नेपाली भाषा, कला र संस्कृतिको उत्थानमा कृयाशील अन्य विभिन्न संघसंस्थाहरुको पनि सहकार्य र सहभागिता रहने अध्यक्ष के.सी जानकारी गराएका छन् ।

नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत अमेरिकाको मेरिल्याण्डका लागि पर्यटन प्रबर्द्धक राजु पराजुलीले इनास राष्ट्रिय सम्मान २०२५ मा सहकार्य गर्न पाउदा आफूलाई निकै खुशी लागेको बताए।

नेपाली भाषा, कला, साहित्य र संस्कृति र पर्यटन-प्रबर्द्धनको सन्देश बोकेर नेपाल र नेपालीको पहिचान स्थापित गराउन गरिएको यस कार्यक्रमलाई भव्य र

सभ्य रुपमा सफल बनाउन हातेमालो गरिदिनुहुन इनास अमेरिकाले सबैलाई सार्वजनिक अपिल समेत गरेको छ।
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij