Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

डिशहोमले ल्यायो वाइफाइ सिक्स राउटरसहित वान जीबीपीएस इन्टरनेट प्याकेज


सारांश

डिशहोमले ल्यायो वाइफाइ सिक्स राउटरसहित वान जीबीपीएस इन्टरनेट प्याकेज
images

काठमाडौं । डिशहोम इन्टरनेटले नेपालका इन्टरनेट प्रयोगकर्ताहरूका लागि वान जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

‘डिशहोम एलाइट इन्टरनेट योजना’अन्तर्गत वान जीबीपीएस अल्ट्राम्याक्स नाम दिइएको यो प्याकेज उच्च–ब्यान्डविड्थ प्रयोगकर्ता, विशेषगरी बहुउपकरण (मल्टी–डिभाइस) प्रयोगकर्ता, स्ट्रिमिङ, भिडियो कन्फरेन्स, अनलाइन गेमिङ तथा मल्टिडिभाइस कनेक्टिभिटिका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रविधिको तीव्र विकाससँगै, उच्च गतिको इन्टरनेट अब लक्जरी होइन, दैनिक आवश्यकता बनिसकेको छ भन्दै डिशहोमले नेपालकै पहिलो वाइफाइ सिक्स प्राइमरी राउटरमार्फत स्मार्ट होम, आईओटी उपकरण र उच्च ब्यान्डविथको इन्टरनेट चलाउनको लागि अल्ट्राम्याक्स वान जीबी प्याकेज उपयुक्त हुने जनाएको छ । ग्राहकको सुरक्षालाई प्राथमिकतामा राखी पाँच लाख रुपियाँको जीवन बिमा योजना समेत रहेको कम्पनीको दाबी छ ।

प्याकेजमा नेपालकै पहिलो वाइफाइ सिक्स प्राइमरी राउटर, गिगाहोम मेस नोड (वाइफाइ एक्सटेन्डर) पनि प्याकेजसँगै सित्तैमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij