Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय


सारांश

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
images

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टीकरण सोधेको थियो । पाँचौँपटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए ।

नौ महिनासम्म सरकारले पटकपटक स्पष्टीकरण लिएपछि अन्ततः कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको हो । 

असोजदेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij