सारांश
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट आयात हुने कार तथा यसका पार्ट्समा लाग्ने करको दर थप २५ प्रतिशत बढाउने घोषणा गरेका छन् ।
ट्रम्पको यो निर्णयको उद्देश्य अमेरिकाभन्दा बाहिर रहेका अमेरिकी कार कम्पनीहरूको उत्पादन प्लान्टहरूलाई देशभित्र फिर्ता ल्याउनु हो ।
यो निर्णयपछि अमेरिकामा विदेशी कारहरू महँगा हुनेछन् ।